केन्याली धावकहरुकाे दबदबाबसँगै सकियाे १९
  • प्रमुख खबर

पाेखरा ।।

१९ औं सफल पाेखरा अन्तर्राष्ट्रिय म्याराथन २०८१ काे
४२.१९५ किमि दाैडमा केन्याली धावकहरुले बर्चश्व बनाएका छन् ।

आज(शनिबार)पाेखरामा सम्पन्न म्याराथनमा केन्याका खेलाडीहरुले पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्दै अाफ्नाे बर्चश्व बनाउन सफल भएका हुन् ।

केन्याली धावक विल्सन चेरुयोटले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १७ मिनेट २४ सेकेण्डमा पूरा गदै पहिलो स्थान हासिल गर्न सफल भएका छन् ।

उनले यस अघिका केन्याकै धावक जुलियस मुरियाली वाहोमले २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरेकाे रेकर्ड तोड्दै चेरियुयिटले पहिलाे स्थान हासिल गर्न सफल भएका हुन् ।

साेही विधामा १८ औं म्याराथनमा पहिलो स्थान हासिल गरेका केन्याकै जुलियास मुरियाली वाहोमलले २ घण्टा १७ मिनेट २७ सेकेण्डमा पूरा गर्दै यसपटक भने दोस्रो हासिल गर्न सफल भएका छन् ।

यस्तै केन्याली धावक ओनेसमस गिताउ जोरोगले २ घन्टा १८ मिनेट २१ सेकेण्डमा पुरा गरी तेस्रो स्थान हासिल गरेका छन् । प्रथम बनेका विल्सनले नगद रु ५ लाख प्राप्त गरेका छन् ।

यस्तै दास्राे भएका जुलियसले नगद रु ३ लाख र ओनेसमसले नगद रु २ लाख हात पारेका छन् ।

यसै विधा अन्तर्गत नेपाली धावक किरण सिंह बोगोटीले चौथों, नेपाली धावक निरोज भट्ट क्षेत्री पाँचौं, रिखुलाल सिंह मगर छैटाैं भएका छन् ।

सातौं स्थानमा भने दिनेश सिंह बोगोटी र आठौं स्थानमा केन्याली धावक माइकल माथिया आउन सफल भएका छन् । उनीहरुले जनही क्रमश नगद रु ५०, २०, १५ र १० हजारका साथमा मेडल तथा प्रमाण-पत्र प्राप्त गरे ।

गण्डकी प्रदेशतर्फको म्याराथनमा भने निरोज भट्ट क्षेत्री पहिलो बन्न सफल भए । उनले २ घन्टा ३८ मिनेट २२ सेकेण्डको समयमा दाैड पूरा गरेका थिए ।

त्यस्तै रिखुलाल मगर दोस्रो, दिनेश सिंह बोगोटी तेस्रो, मिनराशी विक चौथो, अशोक बराम पाँचौ, सनम गुरूङ छैटौं र प्रितम गुरूङले आठौ स्थान प्राप्त गरे । उनीहरुले क्रमश जनही नगद रु ५०, ३०, २०, १५, ८, ६ र ४ हजार प्राप्त गर्न सफल भए ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा भएको अर्काे विधा २१ किलोमिटर हाफ्म्याराथनतर्फ सन्तोषी श्रेष्ठ पहिलो भएकी छन् । उनले १ घण्टा २० मिनेट ३ सेकेण्डमा उक्त दौड पुरा गरेकी हुन् ।

गत वर्षकाे १८ औं म्याराथनमा समेत उनी पहिलाे भएकी थिइन् । त्यसै गरि विदेशी खेलाडी स्वारोन जेनोटिचले १ घण्टा २१ मिनेट ७ सेकेण्ड दुरी पुरा गर्दै दोस्रो र पुष्पा भण्डारीले १ घण्टा २३ मिनेट ८ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।

उनीहरुले क्रमश नगद रु १ लाख ५० हजार, १ लाख र ७५ हजार १५ हजार ५ हजार प्राप्त गरेका छन् ।

पुरुष २१ किमि हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतराले १ घन्टा ९ मिनेट ७ सेकेण्डमा दौड पुरा गरि पहिलो भए भने नेपाली धावक सन्तोष विक्रम विष्ट १ घन्टा ९ मिनेट ५६ सेकेण्डमा दौड पुरा गरि दोस्रो र १ घन्टा १० मिनेट ०२ सेकेण्डमा दौड पुरा गरी गजेन्द्र राई तेस्रो भएका छन् ।

साेही विधातर्फ केन्याली धावक इम्यान्युल किप्तारबी चौथो र उमेश थापा पाँचौ बने । उनीहरुले क्रमश जनही नगद रु ७५ हजार, ५० हजार, ३० हजार, १५ हजार र ५ हजार प्राप्त गरे ।

यस्तै १० किमि पुरुष दौडमा ३६ मिनेट ०५ सेकेण्डमा दौड पुरा गरी शुभम लामिछाने पहिलो, ३६ मिनेट १४ सेकेण्डमा दौड पुरा गरि राजेन्द्र तामाङ दोस्रो र बादल कार्कीले ३६ मिनेट ४७ सेकेण्डमा दौड पुरा गरी तेस्रो बने ।

महिलातर्फ ३८ मिनेट ५६ सेकेण्डमा दौड पुरा गरी सुमित्रा कुमारी चौधरी पहिलो, ४४ मिनेट ३२८ सेकेण्डमा दौड पुरा गरेकी आशा रावत दोस्रो र ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरी नारायणी भण्डारी तेस्रो बनिन् । उनीहरुले क्रमश जनही नगद रु ३०, २० र १० हजार प्राप्त गर्न सफल भए ।

यसै म्याराथन अन्तर्गत सम्पन्न ५ किमि छात्रतर्फ सुगन लामिछाने, सुजन नेपाली र इश्वर ढकाल क्रमश पहिलो, दोस्रो र तेस्रो हुन सफल भए भने छात्रातर्फ मेनुका अधिकारी, एन्जिला जिटी र साधना परियार क्रमश पहिलो दोस्रो र तेस्रो भए । उनीहरुले क्रमश जनही नगद रु १५ हजार, १० हजार ७ हजार प्राप्त गरे ।

भेट्रान्स पुरुष (५०वर्ष)माथीको दाैडमा धर्म महर्जन पहिलो, रेवत बहादुर ढकाल दोस्रो र अभी नारायण अधिकारी तेस्रो बने ।

महिलातर्फ टोल माया थापा पहिलो, दुर्गा लक्ष्मी गुरूङ दोस्रो र राम माया गुरूङ तेस्रो भइन् । उनीहरुले क्रमश जनही नगद रु १५ हजार, १० हजार ७ हजार प्राप्त गरे ।

विश्व परिवेशमा चर्चित शहरकाे नाममा आयाेजना गरिने सिटि म्याराथनकाे अवधारणा अनुरुप नै यस सुन्दर पर्यटकीय नगरी पाेखरालाई पनि खेलकुदकाे विश्व मानचित्रमा स्थापित गराई खेलकुल पर्यटन प्रवद्वर्न गर्न यस प्रतियोगिताकाे आयाेजना हुँदै आएकाे छ ।

पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन विभिन्न ठाउँ हुँदै पोखरा ६ हल्लन चोकमा समापन भएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्