पाेखरा ।।
२४ औं संस्करणकाे आहा! रारा पाेखरा गाेल्डकपकाे उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले जितेकाे छ ।
आज(शनिबार)पाेखरा रंगशालामा सम्पन्न फाइनल खेलमा ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबलाई हलाउँदै उपाधि जितेकाे हाे ।
पहिलाे पटक सहभागीता जनाएको ब्ल्याक बुल्सले एेतिहासिक खेल प्रर्दशन गर्दै नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्न सफल भएको हाे ।
उज्वेकिस्तानको ब्ल्याक बुल्सकाे लागि कुभोनचबेक ओलिनोभले ४०औं मिनेटमा पहिलाे गाेल गरेका थिए ।
त्यस्तै खेलको ५८ औं मिनेटमा ब्ल्याक बुल्सका अर्का खेलाडी असिलबेक ओरिफजोनोभले दाेस्राे गाेल गर्दै अाफ्नाे टिमलाई अग्रता दिलाएकाे थियाे ।
यस्तै तेस्राे गाेल समेत ब्ल्याक बुल्सका साभकातजोन सात्तोरोभले ६६ औं मिनेटमा गर्न सफल भएका थिए ।
सातौं पटक उपाधि जितेर ईतिहास रच्ने दाउमा मैदान उत्रिएकाे पुलिस ब्ल्याक बुल्सकाे उत्कृष्ट खेलका कारण सुरुवातबाटै निकै दबाबमा परेकाे थियाे । तर दबाबका बाबजुद पनि पुलिसले खेलको ७४ औं मिनेटमा एक गोल मात्र भएपनि फर्काउन सफल भएको थियाे ।
पुलिसकाे लागि शिशिर चौधरीले गाेल गर्न सफल भएका थिए । साहारा क्लबकाे आयाेजनामा भएको यस प्रतियोगिताका विजयी टिम ब्ल्याक बुल्स एफसीले नगद १२ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ भने उप-विजेता नेपाल पुलिस क्लबले नगद ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।
यस्तै प्रतियोगितामा ब्ल्याक बुल्स एफसीका साभकातजोन सात्तोरोभ सर्वोत्कृष्ट खेलाडी बन्दै मोटरसाईकल प्राप्त गरे । अन्य विधागत पुरस्कारमा समेत पहिलाे पटम सहभागी भएको ब्ल्याक बुल्सले एकछत्र राज गर्न सफल भए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका ब्ल्याक बुल्सका साभकातजोन सात्तोरोभ ४ गोल गर्दै हाईस्कोर, जसुरबेक राजाबोभ बेस्ट गोलकिपर, अलुजोन अलिजोनोभ बेष्ट डिफेन्डर, बजिजबेक खुचसोनबोईल बेस्ट फरवार्ड, अबुलाजिज निशोनबाईभ बेस्ट कोच बन्न सफल भए यता, नेपाल पुलिस क्लवका राम वाजी बेस्ट मिडफिल्डर, सञ्जीव लामा ईमर्जिङ प्लेयर तथा भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाईटेडले फेयर प्ले टिम बन्दै १०/१०हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरे ।