पोखरा ।।
नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरे सगैँ पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ ।
फागुन ३ को मध्यरातबाट लागू हुने गरी निगमनले इन्धनको मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटेको छ ।
नयाँ मुल्य चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पेट्रोलको मुल्य १६५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यसै गरी डिजेल–मट्टीतेलको प्रतिलिटर १५३ रूपैयाँ ५० पैसा पर्नेछ ।
सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मुल्य १६७ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १५५ रूपैयाँ पर्नेछ ।
काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मुल्य १६८ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १५६ रूपैयाँ पर्नेछ ।