काठ्माण्डाैं ।।
“पोखरा भ्रमण वर्ष २०२५” उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न गृहमन्त्री रमेश लेखकले छानबिन समिति गठन गरेका छन् ।
आइतबार मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
उक्त छानबिन समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप-अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् ।
साथै समितिमा एक जना विस्फोटक पदार्थ विज्ञ समेत हुनेछन् । भ्रामण वर्ष उद्घाटनकाे क्रममा भएको उक्त दुर्घटनालाई लिएर बेलुन विस्फोट घटना के कसरी भयो? भनेर गृह मन्त्रालयले साे समितिलाई छानबिन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरि समय समेत दिएकाे छ ।
कीर्तिपुर अस्पतालमा उपचार भइरहेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ अवस्था बुझ्न गृहमन्त्री लेखक घटना भएको दिन शनिबार नै अस्पताल पुगेका थिए ।