काठ्माण्डाैं ।।
राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका ६ खेलाडीसहित ८ सदस्यीय नेपाली कुस्ती टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरेका छन् ।
२० औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी सञ्चालन भइरहेकाे मिसन– २०२६ अन्तर्गत साेमबार भारतको उत्तरप्रदेश स्थित नन्दनीनगर प्रस्थान गरेका उनीहरुलाई राखेपले विदाई गरेकाे हाे ।
तयारीलाई थप प्रभावकारी बनाउन साे टोली प्रशिक्षणका लागि भारत गएको हो । साे टाेलीले त्यहाँ १५ दिनसम्म प्रशिक्षण गर्ने र भारतीय खेलाडीसंग मैत्रीपूर्ण खेल पनि खेल्ने छ ।
मुख्य प्रशिक्षक मुम्ताज अली इद्रिसी र सहायक प्रशिक्षक सञ्जय यादवसँगै खेलाडीहरुमा पुरुषतर्फ सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव छन् ।
त्यस्तै महिला खेलाडीहरुमा सुशिला चन्द, मनीषा सिंह र हेमा भट्ट रहेका छन् ।