पाेखरा ।।
मानवसेवा फाउण्डेशनकाे आयाेजनामा पोखराकाे लेकसाइडमा हुने भनिएकाे कोटिहोमकाे करिब ७५ प्रतिशत तयारी सम्पन्न भएको छ ।
आउँदो बैशाख १७ गते देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको ७५ प्रतिशत तयारी सम्पन्न भएको हाे ।
धर्मगुरु बालयोगेश्वर श्री विजय कृष्णमुर्ति महाराजले साे कुराकाे जानकारी दिएका छन् । उनका अनुसार ट्रष्टसँग स्थानकाे लागि सम्झौता भएर पनि ११ लाख ५९ हजार रुपैयाँ भाडा ट्रष्टले बुझिसकेको, आवस्यक सामग्रीको व्यवस्थापन गर्ने,स्वयमसेवक छनोट गर्ने लगायतका भित्री व्यवस्थापनको कार्य करिब ७५ प्रतिशत सकिएको बताए ।
यस महायज्ञलाई जति विवादित बनाए पनि पोखरामा गर्ने भनिएको कोटीहोम कसैले रोक्न नसक्ने र निश्चित समयमै संचालन गर्ने समेत उनले स्पष्ट पारेका छन् ।
४५ दिनसम्म संचालन हुने उक्त महायज्ञकाे लागि अावश्यक पर्ने दाउराका लागि महानगरकाे अनुमति बेगर पाेखराकाे धेरै वर्ष पुरानाे वर, पिपल र समि जस्ता रुखहरुकाे हाँगा काट्ने नाममा रुख नै ठुटाे बनाएकाे भन्दै विवाद भइरहेकाे छ ।











