मानव सेवा फाउण्डेशन सहित १० जनालाई विपक्षी बनाइ परेको रिटमा उच्च अदालतबाट कारण देखाऊ आदेश जारी
  • प्रमुख खबर

पाेखरा ।।
पाेखरामा आउँदो बैशाख १७ गते देखि जेठ २६ गतेसम्म हुने भनेकाे कोटिहोम रोक्न परेको रिटमा उच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ ।

अधिवक्ताहरू भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले फागुन २ गते काेटीहाेम राेक्नुपर्ने भन्दै उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

साेही रिट निवेदन उपर आज अदालतले कारण देखाऊ आदेश जारी गरेकाे हाे ।

अधिवक्ता पहारी, रानाभाट र आचार्यले कोटीहोमका आयाेजक मानव सेवा फाउन्डेसन सहित जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल ट्रष्टको कार्यालय, पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, पोखरा महानगरपालिकासहित पोखराका वडाहरु मध्ये वडा नम्बर ६,१३ र १४ गरि १० जनालाई विपक्षी बनाइएको छ ।

रिट निवेदनमा महायज्ञ गर्ने भनिएको स्थान रामसार क्षेत्र भएकोले साे स्थानमा महायज्ञ गर्दा वातावरणीय प्रदुषण हुने हुदाँ कोटीहोम गर्न नहुने उनीहरूको माग छ ।

त्यस्तै रिटमा वर, पीपल, समी जातका चौतारीका रुख कटान गर्नेविरुद्ध कानुनी कारबाहीको माग समेत गरिएको छ ।

काेटिहाेम सञ्चालनकाे नाममा फाउन्डेसनले पोखराका सयौँ वर्ष पुराना रुखहरू काटेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्