पाेखरा ।।
पोखरा रंगशालामा फागुन १० गतेबाट हुने भनिएकाे “विराट चक्र विज्ञान” र गण्डकी स्वरोजगार कार्यक्रम नहुने भएको छ ।
जीवन विज्ञान प्रतिष्ठानकाे आयाेजनामा हुने भनिएकाे साे कार्यक्रमकाे चाैतर्फि रुपमा विराेध भएपछि अन्तिम चरणमा आएर कार्यक्रम स्थगित भएको हाे ।
कार्यक्रममा दैनिक १० हजारको संख्यामा महानुभावहरु सहभागि हुने आयोजकले बताउँदै आएकाे थियाे । तर अन्तिम चरणमा आएर रंगशालाभित्र गरिने भनेकाे कार्यक्रम स्थगित भएको आयाेजकले आज सूचना निकाल्दै साे कुराकाे जानकारी दिएकाे हाे ।
उक्त सूचनामा मौसम तथा प्राविधिक कारणले पोखरा रंगशालामा कार्यक्रम गर्न असहज हुने भन्दै अन्यत्र स्थान्तरण गर्न लागिएको जनाइएको छ ।
यस्तै फागुन १० गते नै हुने भनिएकाे स्वजागरण कार्यक्रम समेत स्थगित गरिएको र स्थान स्थानतरण गरि कार्यक्रम सञ्चालन गरिने जारी सूचनामा जनाइएको छ ।
“विराट चक्र विज्ञान” कार्यक्रमका कारण पोखरा रंगशालाको बैकल्पिक फुटवल (प्रशिक्षण) मैदान दुईसाता अबरुद्ध हुदाँ फुटबल प्रशिक्षण बन्द भएको थियाे ।
खेल मैदान खेलकुदका गतिविधि र विभिन्न प्रतियोगिताको लागि निश्चित मापदण्ड बनाएर जिल्ला खेलकुद विकास समिति कास्कीले निर्वाद रुपमा संचालन गर्नुपर्नेमा राजनीति दबाबका कारण समितिले जीवन विज्ञान प्रतिष्ठानलाई अनुमति दिएसँगै फुटबल प्रशिक्षण बन्द भएको थियाे ।