पोखरा।।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशले बृहत विरोध सभा कार्यक्रम गर्ने भएको छ । नवीन समझदारी मार्फत मुलुकलाई निकास दिने उद्देश्यसहित “अवस्था बदल्न, व्यवस्था बदलौं” भन्ने नाराका साथ राप्रपा गण्डकीले सो कार्यक्रमको आयोजना गरेको हो ।
यही फागुन ९ गते पोखरामा हुने उक्त कार्यक्रममा भ्रष्ट्राचार र कुशासनको भण्डारफोर गर्न विरोध सभा आयोजना गरिएको बुधबार पत्रकार सम्मेलन गर्दै राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिएका छन् ।
आफूहरुले प्रधानमन्त्रीदेखि स्थानीय तह, जिल्लामा गएर ४२ बुँदै ज्ञापनपत्र बुझाइसकेको तर कुनै सुनुवाई नै नभएको बताए ।
उनले सायद यो ट्रेन्ड नै जस्तो लाग्यो र जबसम्म ढुंग्गामुढा गर्दैन, टायर बाल्दैन तबसम्म सरकारले कान नसुन्ने रैछ, आँखा नदेख्ने रैछ की भनेर आफुहर विवश भएर अगाडी बढेको बताए ।
राप्रपाले संवैधानिक राजसंस्थाको पुनःस्थापनादेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक सांसद र संघीयता खारेज जस्ता विषयलाई प्रमुख एजेण्डा बनाएको छ ।
पूर्ण समानुपातिक सांसद बनाउने र सांसद मन्त्री बन्न नपाउने र विज्ञबाट मन्त्री बनाउने, सनातन हिन्दु अधिराज्य, भ्रष्ट्राचार, विभेद अन्त्य जस्ता एजेण्डा राप्रपाले अघि राखेको छ ।
राप्रपाले कथित युद्द र पश्चिमी प्रभावको नाममा लादिएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता नेपाल र नेपालीका लागि घारत सावित भइसकेको दाबी गरेको छ ।
विषेशगरी आफुहरु अवस्था बदल्नका लागि व्यवस्थालाई बदल्नुपर्छ भनेर युद्धको पूर्वसन्ध्यामा भएको र युद्ध भनेको आन्दोलन हो, आन्दोलनको प्रकृति के हुन्छ भन्ने कुरा आन्दोलनले निर्धारण गर्ने उनले बताए।
उक्त बृहत विरोध सभा शुक्रबार बिहान ११ बजे पृथ्वीचोकबाट र्याली सुरु भएर चिप्लेढुंगामा गएर विरोध सभामा परिणत हुने अध्यक्ष गुरुङले जानकारी दिएका छन्।
यस्तै राप्रपाबाट गण्डकी प्रदेश सभा सांसद बनेकी विन्दु अधिकारी पौडेलले प्रदेशमा छानिछानि मन्त्रालय दिँदासमेत आफुहरु मन्त्री नभएको बताइन् ।
विषेशगरी पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला पोखरामै छन् । उनी पोखरामा हुनु र यही समय राप्रपाको कार्यक्रम हुनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।