बेलुन विस्फोटको घटनामा पक्राउ परेका भारतीय नागरिक कमलेश दैनिक हाजिरीमा उपस्थित हुने सर्तमा छुटेका
  • प्रमुख खबर

पाेखरा ।।
“पोखरा भ्रमण वर्ष २०२५” काे उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको घटनामा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमार छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले विहिबार उनलाई दैनिक हाजिरीमा उपस्थित हुने सर्तमा छाेडेकाे हाे । यही फागुन ३ गते पोखरामा आयाेजित भ्रमण वर्ष घाेषणाकाे उद्घाटन समारोहमा ल्याइएको बेलुन उनै कमलेशले बेचेका थिए। उक्त बेलुनमा हाइड्रोजन ग्यास भरिएको थियाे ।

साेही हाइड्रोजन ग्यासकाे कारण साे दिन “पोखरा भ्रमण वर्ष २०२५”काे लाेगाे अंकित व्यानरसहितकाे बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट निक्लिएकाे झिल्काेमा लाग्दा विस्फोट भएको थियो। उक्त विस्फोटबाट अर्थमन्त्री विष्णु पाैडेल र पाेखरा महानगरका प्रमुख धनराज आर्चाय घाइते भएका थिए ।

अहिले दुवैजना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उक्त घटनाको छानविन गर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति समेत गठन गरेकाे थियाे । अहिले समितिले काम पनि थालिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्