राखेपका सदस्य–सचिव घिसिङले गरे महिला कबड्डी टोलीलाई बिदाइ
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले महिला कबड्डी टोलीलाई बिदाइ गरेका छन् ।

छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन इरानको तेहरान जाने १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई आइतबार घिसिङले बिदाइ गरेका हुन् ।

उनीहरु साे प्रतियोगिताकाे लागि आजै इरान प्रस्थान गरेका छन् । मानमति विष्टकाे कप्तानीमा रहेकाे उक्त टाेलीमा जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री ।

यस्तै अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाको नेतृत्व रहेकाे नेपाली टोलीको प्रशिक्षकमा हरिना थापा र निर्णायकमा नितु गुरुङ रहेका छन् ।

मार्च ४ देखि ९ तारिख(फागुन २० देखि २५ ) सम्म हुने साे प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्