दोश्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेट प्रतियोगिता फागुन २० देखि
  • प्रमुख खबर

पाेखरा ।।

दोश्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ हुने भएको छ ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना र पोखरा महानगरपालिका क्रिकेट संघको संयोजनमा उक्त प्रतियोगिता हुने भएको हाे ।

प्रतियोगिता लेखनाथ स्थित इडेन हेभेन क्रिकेट मैदानमा फागुन २० देखि २५ गतेसम्म सञ्चालन हुने पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन पुनले जानकारी दिएका छन् ।

प्रतियोगितामा माछापुच्छे क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाईड क्रिकेट क्लब, राईजिङ क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब, गण्डकी स्पोर्टस् क्लब र अमरज्याेति क्रिकेट क्लब गरि ९ वटा क्लब सहभागि हुने अध्यक्ष पुनले बताए ।

साे प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट व्याटर, वेष्ट बलर लगायतलाई पुरस्कार प्रदान गरिने समेत आयाेजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्