काठ्माण्डाैं ।।
आज विश्व वन्यजन्तु दिवस, “वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी”भन्ने नाराका साथ संसारभर याे दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यका साथ मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको थियाे।
साेही घाेषणा अनुरुप याे दिवस विश्वभर मनाउँदै अाइरहेकाे छ ।
वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवम् पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिन यो दिवस मनाइने गरिन्छ ।
सन् १९७३ मा आजकै दिन विश्वमा लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (सीआईटीईएस)अनुमोदन भएको थियो ।
त्यही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी ब्याङ्ककमा भएको जलवायु परिवर्तनसम्बन्धी १६ औँ राष्ट्रसङ्घीय सम्मेलन तथा सीआईटीईएस पक्ष राष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस मनाउने प्रस्ताव अनुमोदन गर्दै महासभासमक्ष स्वीकृतिका निम्ति अनुरोध गरेको थियो ।