काठ्माण्डाैं ।।
पूर्वयुवराज पारस शाहलाई हृदयाघातपछि अस्पताल भर्ना गरिएको छ। उनलाई काठमाण्डाैं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
आइतबार साँझ उनलाई हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिएका छन् । अहिले उनकाे स्वास्थ अवस्था ठीक रहेको पाठकले बताए ।
यसअघि पनि उनलाई २०८० भदौ १५ गते हृदयाघात भएर ह्याम्स अस्पताल भर्ना गरिएको थियो। शाहलाई ह्रदयाघाट यो चौँथो पटक भएको हो ।