पाेखरा ।।
फेवातालमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ४३ वर्षिय राजन उप्रेती, ४५ वर्षिय केशव दाहाल र ४७ वर्षिय विष्णुहरी दाहालकाे मंगलबार सशस्त्र प्रहरीले उद्वार गरेकाे हाे ।
प्याडल बोटमा बोटिङ्ग गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण उनीहरु फेवातालमा फसेका थिए ।
अहिले उनीहरु सुरक्षित रहेकाे सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।