पर्वतको सेतीवेणीमा जीप दुर्घटना: २ जनाको मृत्यु, ६ घाइते
  • प्रमुख खबर

Lavc60.20.101

पोखरा/ पर्वत जिल्लाको बिहादी गाउँपालिका-सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङतर्फ गइरहेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टका अनुसार, दुर्घटनामा पर्वत बिहादी गाउँपालिका-३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका-५, गुल्मीकी ६४ वर्षीया दिलकुमारी भट्टचनको घटनास्थलमै मृत्यु भएको छ।

घाइते छ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने जीपमा सवार एक बालक सामान्य अवस्थामा रहेको बताइएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

घटनास्थलमा प्रहरी टोली परिचालित भई उद्धार तथा अनुसन्धान कार्य जारी रहेको डिएसपी विष्टले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्