काठ्माण्डाैं ।।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन नेपाली टोली भारतकाे नयाँ दिल्ली प्रस्थान गरेको छ ।
मार्च ७ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन ५ पुरुष र १ महिला गरि ६ खेलाडीहरु शुक्रबार भारत प्रस्थान गरेकाे हाे ।
उक्त प्रतियोगितामा पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् ।
पुरुष ४ सय मिटर दौडमा सहभागी जनाउने गोविन्दले गिरी नै ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा जनाउने भएको छ ।
यस्तै प्रभा आङदेम्बेले महिला २ सय र ४ सय मिटर दौड र लङजम्पमा सहभागी जनाउने छिन् ।
अफिसियलमा राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला राना मगर छन् ।
एक महिनाको अन्तरालमा नेपालले पारा एथलेक्टसमा सहभागिता जनाएको यो दोश्रो पटक हो । नेपाल गत फेब्रुअरी ४ देखि १४ तारिखसम्म दुबइमा भएको ग्रान्ड प्रिक्समा सहभागी भएको थियो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले विहीबार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।