पाेखरामा हुने कोटिहोमकाे लागि शुक्रबार भूमीपूजन हुने
  • प्रमुख खबर

पाेखरा ।।

पाेखरामा हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको लागि भूमीपूजन हुने भएको छ ।

मानव सेवा फाउण्डेसनकाे आयाेजनामा अगामी २०८२ बैशाख १७ गते देखि जेठ २६ गते सम्म हुने कोटिहोमकाे लागि भूमीपूजन हुने भएको हाे ।

भूमि पूजन कार्य भाेलि (शुक्रबार)विहान १० बजेर २१ मिनेटकाे समयमा गरिने भएको छ ।

कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजका अनुसार उक्त भूमि पूजनकाे शुभ साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति काठमाण्डाैंले दिएकाे समयमा नै हुने जानकारी दिएका छन् ।

त्यस्तै भूमि पूजन कार्य कोटिहोम महायज्ञ स्थल वाराहीघाट लेकसाइडमा गरिने पनि उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्