पाेखरा ।।
पाेखरामा हुने कोटिहोमका लागि भएको भूमिपूजन कार्यमा पोखरा महानगर प्रहरी र आयोजकबीच झडप भएको छ ।
मानव सेवा फाउण्डेशनकाे आयाेजनामा हुन लागेकाे काेटिहाेमकाे लागि शुक्रबार बाराहीघाटमा भूमि पूजनकाे कार्यक्रम तय भएकोमा दुई पक्षबीच झडप भएको हाे ।
महानगरकाे अनुमति विना भूमि पुजन कार्य अगाडि बढाएकाे भन्दै झडप भएको थियाे ।
झडपका कारण दुवैतर्फका करिब एक दर्जन व्यक्तिहरु घाइते भएकाे वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।
घाइतेहरुलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको छ । विशेषगरी महानगर प्रहरीले स्थानीयमाथि बल प्रयोग गरेको कारणले नै विवाद सृजना भएको बताइएको छ ।