पाेखरा ।।
पर्यटनको राजधानी पाेखरामा, “पाेखरा भ्रमण वर्ष २०२५” मनाउँदै गर्दा यतिबेला यस क्षेत्रमा द्वन्द सृजना भएको छ ।
पाेखरामा हुने भनिएकाे ऐतिहासिक श्री गण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको लागि शुक्रबार भूमीपूजन हुने क्रममा आयाेजक र पाेखरा महानगरबीचकाे टकरावले द्वन्द्व सृजना भएको हाे ।
साे घटनाले पाेखरा घुम्न आएका पर्यटकमा कस्ताे प्रभाव पर्याे , पाेखरा भन्दा बाहिर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पाेखराकाे छविमा कस्ताे दाग लगाउने कार्य भए यसकाे समीक्षा गर्न अति जरुरी छ ।
कोटिहोमका आयोजक मावन सेवा फाउण्डेशन र पोखरा महानगरपालिकाबीच सुरुवातमा नै देखिएको सामान्य विवादलाई समयमा नै सुल्झाउन नसक्दा त्यही विवाद बढ्दै गएर झडपमा परिणत भएको थियाे ।
महानगर प्रमुख धनराज आर्चायकाे अपरिपक्व कार्यशैली र काटीहाेम आयाेजककाे अडानले गर्दा सुन्दर र शान्त पर्यटकीय क्षेत्र पाेखरामा अशान्ति पैदा गरेकाे छ ।
पाेखरा महानगर भन्छ कुनैपनि हालतमा काेटीहाेम हुन दिँदैनौं तर आयाेजक भन्छ ताेकिएकाे मितिमा नै काेटीहाेम हुन्छ । जसले गर्दा शुक्रबार बाराहीघाटमा भूमि पूजनमा फुल बर्सिनु पर्ने ठाउँमा ढुङ्गा बर्सिन पुगेकाे थियाे । त्यहाँ कार्यक्रम चल्दै गर्दा दुई पक्षबीच झडप हुदाँ त्यस क्षेत्र रणभूमिमा परिणत भएको थियाे ।
दुई पक्षबीचकाे लडाइमा ढुङ्गा मात्र बर्सिएन, त्यहाँ एकआपसमा लाठीचार्जदेखि लिएर फलामकाे रड प्रहारसँगै लात्ती हानाहान समेत भएको थियाे ।
यही विषयलाई लिएर विश्व हिन्दु महासंघले महानगरले
अदालतकाे आदेशलाई अवहेलना गरेकाे हर्कतलाई लिएर प्रश्न उठाएकाे छ ।
पाेखरामा शनिबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै उक्त संस्थाले कोटीहोम गर्नका लागि अदालतले बाटो खुला गरिदिएकाले पाेखरामा काेटीहाेम गरेरै छाड्ने बताएको छ ।
सिमसार क्षेत्र भन्ने रातभर नाचगानका कार्यक्रमदेखि लिएर विभिन्न कार्यक्रमहरु गर्न मिल्ने तर धार्मिक कार्यक्रम गर्न किन नमिल्ने भन्दै महानगरकाे शैलीप्रति असन्तुष्टि जनाएको छ ।
उक्त संस्थाले अरु पर्यटक चाँही पर्यटक तर धार्मिक पर्यटक चाँही के भन्दै महानगरप्रति आक्राेस जनाएको छ ।
कोटीहोम गर्नका लागि भूमि पुजनको समयमा भएको झडपबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा विश्व हिन्दु महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शंकर खरालले पोखरा महानगरले धार्मिक द्वन्द्व मच्चाउन खोजेको आरोप समेत लगाएका छन् ।
उनले वैदिक सनातन धर्म जलसँग प्रगाढ सम्बन्ध भएको बताउँदै काेटीहाेम जस्ताे पवित्र कार्यले यस क्षेत्रलाई ठूलो लाभ हुने बताएका छन् ।
उनले शुक्रबार घटेकाे घटनालाई लिएर पाेखरा महानगरका प्रहरीहरु र घुसपैठीया गुण्डाहरु प्रयाेग गरि भूमि पूजनमा अवराेध खडा गरेकाेमा विश्व हिन्दु महासंघ नेपालकाे ध्यानाकर्षण भएको बताएका छन् ।
सनातन धर्म जोगाउने कोटीहोम बिथोल्नका लागि षड्यन्त्र भइरहेको समेत खरालले बताए । उनले मानव सेवा फाउण्डेशनले काेटीहाेमबाट उठेको रकम पोखरा र आसपासमै खर्च गर्ने सहमतिपछि आफूहरुले साथ दिएको बताउँदै गुरुको आचरणको पछि नलागी उद्देश्यको पछि लाग्न आग्रह पनि गरे ।
उनले कुनैपनि हालतमा कोटिहोम महायज्ञ रोक्न नहुने बताउँदै यदि महायज्ञ अवरोध गरिए वा समाधान नखोजिए, चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्।
उनले भाेलि आइतबार बिहान ९:३० देखि १०:३० बजेसम्म पोखरा महानगरपालिकामा धर्ना दिने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।
यस्तै खरालले महानगरले सोमबार दिउँसो ३ बजे वार्तामा बोलाएको भन्दै, वार्ताले समाधान नदिए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने पत्रकार सम्मेलनमार्फत स्पष्ट पारेका छन् ।
उनले धार्मिक संघसंस्थाहरूसँग परामर्श गरी आन्दोलनको रणनीति तय गरिने बताउँदै धार्मिक संस्था माथिको अवहेलना स्वीकार्य नहुने पनि जिकिर गरेका छन् ।