कोटीहोम रोक्न मेयर लागीपरेको भन्दै विभिन्न धार्मिक संघसस्थाहरुले दिए महानगर अगाडि धर्ना
  • प्रमुख खबर

पाेखरा ।।
पोखराको लेकसाइडस्थित वाराहीघाटमा गर्ने भनिएको कोटीहोम रोक्न पोखरा महानगरका मेयर धनराज आचार्य लागीपरेको भन्दै विभिन्न धार्मिक संघसस्थाहरुले धर्ना दिएका छन् ।

उनीहरुले आइतबार विहान ९ बजे देखि १०ः३० सम्म महानगरको मूल प्रवेशद्धारमा शान्तिपुर्ण धर्ना रुपमा धर्ना दिएकाे हो ।

उक्त शान्तिपुर्ण धर्ना कार्यक्रममा विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश समिति, जिल्ला शाखा कास्की,संस्कृत युवा मञ्च कास्की,मातृशक्ति विभाग गण्डकी प्रदेश लगायतका संस्थाहरुले सहभागीता थियाे ।

पाेखरामा कोटीहोम विवादले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणि पाण्डेले सोमबारका लागि दुवै पक्षलाई बैठकमा आउन आह्वान गरेकाे छ ।

उक्त आह्वानपछि साे धर्ना कार्यक्रम रोकिएको थियो । साेमबार मानव सेवा फाउन्डेसन र पोखरा महानगरपालिकाबीच समस्या समाधानका लागि वार्ता हुने भएको छ ।

उक्त वार्ताले पनि कोटिहोम महायज्ञलाई एउटा मार्ग प्रसस्त गर्न नसकेको खण्डमा आज स्थगित गरिएको विरोधको कार्यक्रमलाई मंगलबारदेखि पुनः निरन्तरता दिने विश्व हिन्दु महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शंकर खरालले जानकारी दिएका छन् ।

पाेखरामा आगामी वर्ष वैशाख १६ देखि जेठ २६ गतेसम्म हुने भनिएकाे ऐतिहासिक श्री गण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको लागि शुक्रबार भूमीपूजन हुने क्रममा आयाेजक र पाेखरा महानगरबीचकाे झडप भएको थियाे । झडपमा महानगर प्रहरीसहित १३ जना घाइते समेत भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्