काेटिहाेमकाे लागि बाटाे खुल्याे तर स्थान हेरफेर हुने
  • प्रमुख खबर

पाेखरा ।।

मानव सेवा फाउण्डेशनकाे आयाेजनामा पाेखरामा हुने भनिएकाे काेटिहाेमकाे लागि बाटाे खुलेकाे छ ।

पोखरा महानगरपालिका, कोटीहोम सञ्चालक र सरोकारवालाहरू बिच साेमबार भएको छलफलले
कोटीहोम सञ्चालनका लागि बाटाे खुलेकाे हाे ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणि पाण्डेले दुवै पक्षलाई बैठकबसी छलफल गर्न आह्वान गरेसँगै आज छलफल गरि उक्त निर्णय भएको हाे ।

यस्तै स्थान भने हेरफेर हुने भएको छ । यसमा आयाेजकले पनि सहमति जुटाएकाे छ । पाेखरा महानगरपालिका, तीनवटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय तथा आयोजक मानव सेवा फाउन्डेसनका प्रतिनिधिहरू सम्मिलित छलफलपछि यस्तो सहमति जुटेको हो ।

महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाका अनुसार महानगरपालिकाको मंगलबार बस्ने कार्यपालिकाको ४३ औँ बैठकले सम्भावित वैकल्पिक स्थानको विषयमा छलफल गरी निर्णय गर्ने भएको छ ।

बैठकमा कोटिहोम कार्यक्रमलाई महानगरपालिकाले पनि अपनत्व लिने निर्णय भएको विश्वहिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्