पाेखरा ।।
पाेखरामा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ४ बजेर ११ मिनेटमा भूकम्पको धक्का महसुस भएको हाे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हाे ।
भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । तर भूकम्पले के कति मानवीय तथा भाैतिक क्षति पुर्याएको छ भन्ने विवरण भने आएको छैन ।