स्व. वि. यू. चुनाव पोखरा नर्सिङ क्याम्पस सभापतिमा रचना पौडेलको उम्मेदवारी
  • प्रमुख खबर

पोखरा ।।

यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन पोखरा नर्सिङ क्याम्पसको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ (ने.वी. संघ) को तर्फबाट अध्यक्ष पदको उम्मेदवार रचना पौडेल हाल पोखरा ८ सिमलचौरमा बसोबास गर्दै आएकी अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ सल्यान कास्की कि स्थाई वासिन्दा हुन ।

उनले पोखरा गैह्रापाटन स्थीत, कुम्दिनी होम्सबाट एसएलसी उत्तीर्ण गरेसँगै पोखरा नर्सिङ क्याम्पससित जोडिन पुगीन ।

उनले पोखरा नर्सिङ क्याम्पसबाट पिसिएल नर्सिङ र ब्याचलर इन नर्सिङ उत्तीर्ण गरी हाल यसै कलेजमा मास्टरिन नर्सिङ अध्ययनरत रहेकी छिन् र विगत दश वर्षबाट ने.विसंघमा आवद्ध छन् । कलेजले गर्ने प्रत्येक नेविसंघका कार्यक्रममा सामेल हुँदै नेविसङ्घको सदस्य , सचिव हुँदै हाल उनी स्ववियुको सभापतिमा लड्दै छिन् ।

उनको प्यानलमा सचिवमा श्वेता कोइराला, कोषाध्यक्षमा सुष्मा बराल, रहेकी छिन । साथै प्रत्यक्ष तर्फका उम्मेदवारमा सरस्वती खनाल, मर्टिना थापामगर, किरण सेन, कृति सिग्देल र रुमीता गौतम रहेकी छिन भने समानुपातिक तर्फका उम्मेदवाररुमा नम्रता चापागाई, ममर्ता शर्मा, गीता घले, अञ्जु गौतम, र सञ्चिता दाहाल रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्