काठ्माण्डाैं ।।
२५ करोड अवैध रकमसहित एक ट्रक चालक पक्राउ परेका छन् । सिन्धुपाल्चोकका ३९ वर्षीय कुन्साङ लामा
मंगलबार बिहान उक्त अवैद रकम पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार उनी भरिया मात्रै रहेको जानकारी दिएका छन् ।
प्रारम्भिक बयानका क्रममा उनले आफूलाई दुईजना अपरिचित व्यक्तिहरूले अमेरिकी डलर र युरोपियन मुद्रासहितको रकम रसुवागढी हुँदै केरुङसम्म लगिदिन भनेका बस्नेतले बताए ।
रकम दिने ती दुई व्यक्तिबारे अहिले अनुसन्धान भइरहेकाे प्रहरीले बताए । लामा यसअघि पनि कलंकीबाट ७ केजी सुनसहित पक्राउ परेर ५ वर्ष जेल सजाय काटेर २०७८ सालमा रिहा भएको पनि खुलेको छ ।