पोखरा नर्सिङ क्याम्पसमा प्रतिभा नेतृत्वको अनेरास्ववियुको प्यानल नै विजयी
  • प्रमुख खबर

पोखरा ।।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पोखरास्थित नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

मंगलवार साँझ सम्पन्न मतगणनामा अनेरास्ववियुकी प्रतिभा भण्डारी अध्यक्षमा निर्वाचित भएकी हुन् । त्यस्तै, सचिवमा अखिलकै सलिना श्रेष्ठ र कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित भएका छन् ।

क्याम्पसका सूचना अधिकारी केदारनाथ अधिकारीका अनुसार मतगणनाको अन्तिम ट्याली बाँकी रहेपनि विजयका लागि आवश्यक मत प्राप्त गरिसकेकाले अनेरास्ववियुका सबै उम्मेदवार विजयी भएको बताएका छन् ।

यो क्याम्पसमा विगतदेखि नै अनेरास्ववियुले जित्दै आएको छ । पोखराका अधिकांश क्याम्पसमा अनेरास्ववियुकै वर्चश्व छ । पिएन क्याम्पस, डब्लूआरसी, जनप्रियमा पनि अनेरास्ववियु बलियो छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्