पक्षघात उपचारका लागि घोषणा गरेको निःशुल्क औषधी वितरण प्रक्रिया शुरु
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेलले पक्षघात उपचारका लागि घोषणा गरेको निःशुल्क औषधी वितरण प्रक्रिया शुरु भएको छ ।

मन्त्री पौडेलले गत माघ ३ गते घाेषणा गरेकाे उक्त औषधी अस्पतालमा पठाउने प्रक्रिया शुरु भएको हाे ।

पक्षघात भएका मानिसले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधी सहयोग प्राप्त गरेर उपलब्ध गराइन लागिएको मन्त्री पाैडेलले बताए ।

उनले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधी उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने पनि बताए ।

मन्त्रालयले तीनवटा संघीय अस्पतालमार्फत ती औषधी उपलब्ध गराउनेछ । मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधी उपलब्ध गराइने बताए।

पक्षघातकाे औषधीको बजार मूल्य झण्डै दुई लाख छ तर, आर्थिक अभावमा महँगो औषधी खर्च गर्न नसकेका कारण नेपालमा मानिसको ज्यान जाने तथा अपांगताको समस्या देखिने गरेको छ ।

महँगो तथा पाउन समेत गाह्रो हुने पक्षघातको औषधीको प्राप्ति र सहज उपलब्ध गराउन मन्त्री पौडेलले लामो समयदेखि थालेको पहलस्वरुप अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ तयार भएको हो ।

मन्त्रालयसँग च्यारिटीले नेपालको मागका आधारमा पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको समेत मन्त्रालयले जनाएको ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्