काठ्माण्डाैं ।।
राष्ट्रपति समक्ष सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रतिवेदन बुझाएको हाे ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानु पर्ने बताएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनले आगामी दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अनुसारका काम कारवाहीहरू क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास लिएको बताए ।