राजस्व परामर्श समिति र व्यवसायीबीच पोखरामा छलफल
  • प्रमुख खबर

पाेखरा ।।
आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट तथा राजस्व नीति तर्जुमाका लागि राजस्व परामर्श समितिले पोखराका व्यवसायी तथा सरोकारबालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न गरेको छ ।

कार्यक्रममा व्यवसायीहरूले अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीतिगत सुधार गर्न आग्रह गरेका छन् । व्यवसायीहरूले राजस्व नीतिलाई लगानी तथा व्यवसायमैत्री बनाउन सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजस्व परामर्श समितिका संयोजक तथा अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले निजी क्षेत्रको मनोवल उच्च पार्ने र अर्थतन्त्रलाई सुधार गर्ने गरी सरकारका नीति तर्जुमा हुने बताए ।

उनले निजि क्षेत्रका सुझावलाई राजस्वको नीतिगत तथा प्रशासनिक सुधारमा सहभागी गराउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

अर्थमन्त्रालयका राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीले छलफलमा उठेका विषय र सुझावलाई यथोचित सम्बोधन गर्ने बताए। उनले नीजी क्षेत्रलाई हतोत्साहित नभई आशावादी बन्‍न समेत आग्रह गरे ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सिमा क्षेत्रमा हुने राजस्व चुवावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

क्रसर उद्योगको मापदण्डलाई व्यवस्थित गराउनुपर्ने बताए । स्थानीय तहले लिने करका विषयमा समेतमापदण्ड र एकरुपता हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, चेम्बर अफ कमर्श गण्डकी प्रदेश, उद्योग वाणिज्य संघ कास्की, लेखनाथ उद्योग वाणिज्य संघ,नेपाल अडिटर्श एशोसिएसन कास्की,नेपाल चार्टर्ड एकाउन्टेन्स संघ कास्की, गण्डकी उद्योग परिसंघ, पर्यटन व्यवसायीहरूले सुझावहरू दिएका थिए ।

बजारलाई उत्पादनमुखी बनाएर अर्थतन्त्रलाई चलायमान बनाउन पहल गर्नुपर्ने,करको दर भन्दा पनि दायरा बढाउनु पर्ने लगाएतका सुझावहरू आएका थिए ।

व्यवसायीहरूलेभन्सार मूल्यांकन प्रणालीमा सुधार गरी अवैध चोरी निकासीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्