काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिपरिषद् बैठक आज साँझ बस्ने भएको छ। क्याबिनेटका एक मन्त्रीका अनुसार बैठक सोमबार साँझ ५:३० बजेका लागि बोलाइएको हो। सोमबारको बैठक नियमित रहेको बताइएको छ। बैठकका एजेन्डाबारे भने औपचारिक जानकारी दिइएको छैन।
यसअघि, मन्त्रिपरिषद् बैठकअघि तीन प्रमुख दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुन लागेको छ। प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सिंहदरबारमा दिउँसो ४:३० बजे भेटवार्ता हुने प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए।
खरेलका अनुसार यो भेटवार्तामा संक्रमणकालीन न्यायको विषय मुख्य एजेन्डा रहनेछ।











