पोखरा ।।
पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ । मंगलबार बिहान सम्पन्न अन्तिम मतपरिणाम अनुसार पोखरेलले १ हजार १०५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेवि संघका सुशील न्यौपानेले ५०३ ल्याए ।
यस्तै, अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४६९ प्राप्त गरेकी हुन् । अध्यक्षमै अखिल (क्रान्तिकारी) का नवीन अधिकारीले २२३, संयुक्त प्यानलका सन्तोष पौडेलले १९६, स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ९९, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका दिप्सन गुरुङले ७६ र अखिल (छैटौं) का मिलन सुनारले २८ ल्याएको निर्वाचन समितिले जनाएको छ ।
अनेरास्ववियु सचिव र कोषाध्यक्ष पदमा पनि फराकिलो मतान्तर कायम गर्दै निर्वाचित भएको छ । सचिवमा बिराट दुवाडीले १४१३ मत प्राप्त गर्दा कोषाध्यक्षमा सन्दीका गुरुङले १३०४ मत ल्याएकी छन् । जब कि सचिवमा निकटतम् प्रतिस्पर्धी नेवि संघका विवेक भट्टराईले ६२८ र कोषाध्यक्षमा नेवि संघकै अमिषा यादवले ६४७ मत ल्याएकी छन् ।
प्रत्यक्षतर्फ ८ सदस्यमा अनेरास्ववियुका एलिशा भट्टराईले ११८७, सुशील अधिकारीले १२३५, विशाल लम्सालले १२८२, प्रचण्ड शक्ति गुरुङले १२५८, वृषभ चालिसले १२२६, अनुजराज अधिकारीले १२३७, जमुना शर्माले १२५४ र सुजन शर्मा सापकोटाले ११९६ मत प्राप्त गरेका छन् ।