अर्जेन्टिना २०२६ फिफा विश्वकपका लागि छनोट हुने पहिलो दक्षिण अमेरिकी टोली
  • प्रमुख खबर

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 75?

पोखरा/साविक विजेता अर्जेन्टिनाले अर्को वर्ष अमेरिका, मेक्सिको, र क्यानाडामा हुने फिफा विश्वकप २०२६ का लागि छनोट भइसकेको छ। दक्षिण अमेरिकी छनोटअन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरी भएपछि अर्जेन्टिनाले ब्राजिलसँग खेल्नु अघि नै आफ्नो विश्वकप स्थान सुरक्षित गरेको हो।

१० टोली सहभागी दक्षिण अमेरिकी छनोट प्रक्रियाबाट शीर्ष ६ टोली सिधै विश्वकपमा छनोट हुने प्रावधान छ। अर्जेन्टिनाले १३ खेल खेल्दा २८ अंक जोड्दै शीर्ष स्थानमा रहँदै छनोट प्रक्रिया पार गरेको छ। दोस्रो स्थानमा रहेको टिमभन्दा अर्जेन्टिना ६ अंकले अगाडि छ।

यो छनोटसँगै अर्जेन्टिना दक्षिण अमेरिकाबाट २०२६ विश्वकपमा पुग्ने पहिलो टोली बनेको छ। अहिलेसम्म आयोजक राष्ट्रहरू अमेरिका, मेक्सिको, र क्यानाडा, साथै एसियाबाट जापान र इरान, तथा ओसियानाबाट न्युजिल्याण्ड समेत गरी ७ टोली विश्वकपका लागि छनोट भइसकेका छन्।

सन् २०२६ को फिफा विश्वकपमा ४८ राष्ट्र सहभागी हुनेछन्, जसले गर्दा प्रतियोगिता अझ प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाले अब उत्कृष्ट तयारी गर्दै विश्वकपमा आफ्नो उपाधि रक्षा गर्ने लक्ष्य लिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्