प्रर्दशनका क्रममा वातावरण प्रदूषण गरेको भन्दै काठ्माण्डाैं महानगरले लगायाे पूर्वराजा शाहलाई जरिवाना
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
राजावादीले शुक्रबार गरेकाे प्रर्दशनका क्रममा वातावरण प्रदूषण गरेको भन्दै काठ्माण्डाैं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गरेको छ।

काठ्माण्डाैं स्थित तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा उक्त समुहले गरेकाे तोडफोड र आगजनीका कारण भएको प्रदूषणलाई लिएर महानगरले विभिन्न शीर्षकमा शाहलाई ७ लाख ९३ हजार जरिवाना गरेको हाे ।

महानगरले शाहकाे नाममा विभिन्न शिर्षकमा ८ वटा पत्र काटेकाे हाे । काठमाडौँ महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र महानगरको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।

महानगरले कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेवापत रु १ लाख, महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेवापत रु १ लाख, तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेवापत रु १ लाख, जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेवापत रु १ लाख, बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेवापत रु १ लाख जरिवाना गराएकाे छ ।

यस्तै सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेवापत रु १ लाख, दमकल तोडफोड गरेवापत रु १ लाख ३० हजार र तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड गरेवापत रु ६३ हजार गरि ७ लाख ९३ हजार जरिवाना गरेको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्