काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन्। उनको अनुपस्थितिमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका सिंहलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानअनुसार कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्। प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी सिंहले सम्हाल्ने राष्ट्रपति कार्यालयले जनाएको छ।










