पाेखरा ।।
होटेल पौवाले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर “स्वाद उत्सव” कार्यक्रम सञ्चालन गरेकाे छ । यही चैत २५ देखि २९ गतेसम्म विहान ११ बजेबाट साँझ ५ बजेसम्म याे उत्सव सञ्चालन भइरहेकाे छ।
विशेषगरी नेपाली स्वाद, संस्कृति, र आतिथ्यलाई प्रवर्धन गर्ने उद्देश्यले याे कार्यक्रम आयाेजना गरिएको पाैवाका जेनलर म्यानेजर केशव भण्डारीले जानकारी दिएका छन् ।
उनका अनुसार पाैवामा आउने प्रतेक पाहुनालाई उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव उनीहरु समक्ष पुर्याऊने रहेको बताएका छन् ।
त्यस्तै कार्यक्रमकाे अन्य धेरै विशेषताहरु पनि भएको बताउँदै उनले यस कार्यक्रम मार्फत स्थानीय किसानहरूको उत्पादनलाई प्रोत्साहन गर्दै विभिन्न परिकार तयार पारिने, गुणस्तरीय खाना तयार गर्न सेफहरूबीच स्वस्थ प्रतिस्पर्धा गराइने बताए ।
यस्तै यो उत्सवले नेपाली आतिथ्य र परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको पनि उनले स्पष्ट पारेका छन् ।
सो कार्यक्रम अवधिभर होटेल पौवाको कुनै पनि शाखामा गएर विभिन्न परिवारको स्वाद लिन सकिने व्यवास्था मिलाइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली पहिचान सहितको सेवा दिने उद्देश्यले हाेटल पाैवा वि.सं २०७९ साल चैत्र ९ गते पाेखराकाे लेकसाइडमा स्थापना भएको हो।
११औँ शाखाको रूपमा विस्तार भएको यस पाैवाले यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट दिँदै आइरहेकाे छ ।
आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रा.लि.ले १० करोडको लगानीमा पोखरामा होटल व्यवसाय सञ्चालनमा ल्याइएको हाे ।