सुनको मूल्यमा उच्च वृद्धी
  • प्रमुख खबर

काठमाडौँ ।।
नेपाली बजारमा सुनको मूल्यले शुक्रबार उकालो लाग्दै नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको हो ।

यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९०५ रुपैयाँ पुगेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्