पोखरा ।।
राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईंलाई झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको पुष्टि गरे । तर उनलाई प्रहरीको विशेष ब्यूरोले भारतमा पुगेर नियन्त्रणमा लिएको जनाइएको छ ।
उनका अनुसार प्रसाईको साथबाट निजका बडिगार्ड दिपक खड्का पनि नियन्त्रणमा आएका छन् ।
आचार्यले भने, ‘उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको हो । निजको साथबाट उनका बडिगार्ड दिपक खड्का पनि संगै छन् ।’
गत चैत १५ गते उनी र नवराज सुवेदी नेतृत्वको राजावादी प्रदर्शका क्रममा २ जनाले ज्यान गुमाएका थिए । त्यसक्रममा ४६ करोडको क्षति भएको अनुमान छ । उक्त घटनाका लागि जिम्मेवार बनाएर उनीविरुद्ध सजायको मागदाबी तयारी प्रहरीले गरेको छ ।












