तीनकुने घटनाकाे १७ औं दिनमा पूर्वराजा शाहले बल्ल खाेले मुख
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहले बल्ल आफ्नो मुख खोलेका छन् । उक्त घटना घटेको आज १७ औं दिनमा बल्ल उनले आफ्नो मुख खोलेका हुन् ।

आइतबार(आज)उनले नयाँ वर्ष २०८२ को अवसरमा भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त समेत गरेका हुन्।

सो भिडियो सन्देश मार्फत उनले नागरिक स्वतन्त्रता भन्दा ठुलो अरु कुनै तन्त्र नहुने बताएका छन् ।

शाहले वास्तविक प्रजातन्त्र भएकाे ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने पनि बताएका छन् ।

उनले केही दिन अघि भएको जनप्रदर्शनमा हिंसा, अागजनि र ताेडफाेडले जुन प्रकारकाे मानवीय एंव भाैतिक क्षति भयाे त्यसप्रति उक्त भिडियाे सन्देशमा दु:ख समेत व्यक्त गरेका छन् ।

गत चैत १५ गते राजावादीहरुले तिनकुनेमा गरेको प्रदर्शनका क्रममा २ जनाको ज्यान जानुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्