कोटिहोम महायज्ञको भूमी पुजन बैशाख ३ गते
  • प्रमुख खबर

पाेखरा ।।

ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन बैशाख ३ गते हुने भएको छ ।

बैशाख ३ गते बुधबार बिहान भूमी पूजनसँगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ ।

पाेखरा-१७, विराैटा स्थित हरिहर मन्दिरमा बैशाख १७ देखी जेठ २६ गतेसम्म उक्त काेटिहाेम सञ्चालन हुँदैछ ।

अहिले काेटिहाेम महायज्ञकाे पूर्वसन्ध्यामा चैत्र १७ गते देखि विविध कार्यक्रमसंगै श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ ।

गत चैत्र २९ गतेदेखी नेपालकी कान्छी भागवत् वाचिका अनुराधा पाण्डेयले कथा प्रवचन गरिरहेकी छन् ।

उनकाे कथा वाचन सुन्न अहिले विभिन्न ठाउँबाट भक्तजनहरुकाे बाक्लाे उपस्थिति समेत रहँदै अाएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्