सातौं नेकाेस-अन्तराष्ट्रिय जुडो प्रतियोगिता बैशाख ३ बाट
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

सातौं संस्करणकाे नेकाेस-अन्तराष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ । काठ्माण्डाैं, नयाँबजार, खुसिवूस्थित बहुउद्देशयीय मार्शल आर्ट्स केन्द्रमा बैशाख ३ गते बिहीबार(भोली)देखि उक्त प्रतियोगिता हुने भएको हो ।

नेपाल जुडो महासंघ(नेकोस) र राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा बैशाख ३ र ४ गते गरी दुई दिनसम्म सो प्रतियोगिता सञ्चालन हुनेछ ।

विशेषगरी नेपालको खेलकुद क्षेत्रलाई सामाजिक परिवर्तनसंग जोडदै संस्थागत विकास, आपसी समन्वय, सहकार्य र साझेदारीद्धारा खेल वातावरणको निर्माण गरि खेललाई व्यवसायीकरण तर्फ उन्मुख गर्दै प्रतिभावान,  खेलाडी तयार गर्दै विकसित समाजको परिकल्पना गर्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको राष्ट्रिय जुडो महासंघ नेपालका अध्यक्ष धर्म कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतियोगितामा नेपालसहित मित्रराष्ट्र भुटान र थाइल्याण्ड गरी विभिन्न तीन देशका खेलाडीहरूको सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताए।

उनका अनुसार नेपालबाट भने कास्की, बाँके, दाङ्ग, बर्दिया, गोर्खा, सोलुखुम्बु, मोरङ, झापा, सुनसरी, पर्सा, काभ्रे, नुवाकोट, ललितपुर, भक्तपुर र  काठमाडौं गरि १५ जिल्ला सहित उपत्यका भित्र र बाहिर रहेका विभिन्न क्लब, डोजो, विद्यालय, संघ-सस्था सहित ३५ टिमका २ सय ५० जन खेलाडीहरुकाे सहभागि रहनेछ।

प्रतियोगितामा पुरुष तर्फ -(२०,२५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६६, ७३) केजी र  खुल्ला गरि १२ तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिला तर्फ – (२८, ३२, ३६, ४०, ४४, ४८, ५२, ५७, ६३, ६३) केजी र खुल्ला गरि ११ तौल समूहमा प्रतिस्पर्धा हुने आयाेजकले जनाएको छ।

यस्तै प्रतियोगितामा विभिन्न जिल्ला तथा डोजोहरूमा प्रशिक्षण गरिरहेका २१ वर्षमुनिका खेलाडीहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्न र खेलकुद मार्फत उनीहरूको क्षमता उजागर गर्ने उद्देश्यले पनि यो प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष श्रेष्ठको भनाई छ। त्यस्तै प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख खर्च लाग्ने पनि उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्