काठ्माण्डाैं ।।
मेटा कम्पनीले अबकाे सात दिनभित्र दर्ता नगरे नेपालमा प्रतिबन्ध लाग्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्ताे बताएका हुन् ।
राष्ट्रिय सूचना आयोगद्वारा शुक्रबार काठमाडाैँमा
आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पटक पटक सूचना जारी गरे नेपालमा दर्ता गर्दा समेत नमानेपछि उनले
प्रतिबन्ध लगाउने चेतावनी दिएकाे हाे ।
उनले तेस्रो पटकको दिएकाे समयसिमा समेत सकिएकाे भन्दै अबको ७ दिनभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने बताए। नेपालबाट मेटाको कार्यालयमा पैसा गएको भन्दै यहाँ अनिवार्य दर्ता गरेर कर तिर्नुपर्ने बताए ।
नेपालको कुल जिडिपी भन्दा मेटाले आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने स्पष्ट पारे ।
मन्त्री गुरुङले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको बताए ।