पोखरा/ बचत गर्ने बानीको साथ साथै सुनौलो भविष्य र जिवनमा पर्न सक्ने आर्थिक क्षति कम गर्नको लागि बिमा जरूरी छ। जीवनमा कसले कति कमायो भन्दाँ पनि कसले कति जोगायो भन्ने कुरा ठुलो हो। खर्च गरिसके पछि गरिने बचत भन्दाँ बचत गरि सके पछि गरिने खर्च उपयुत्त हुने गर्छ।नेपालको परिवेशलाई हेर्ने हो भने अधिकांश परिवारमा खर्च गरे पछि बाँकी रहेको रकमलाई बचत गर्ने गर्दछ तसर्थ बचतको उतम उपाय बिमालाई लिन सकिन्छ।
सम्भव भए सम्म र आफ्नो आर्थिक क्षमताले सके सम्म त परिवारको सम्पुर्ण सदस्यको बिमा गर्दा राम्रो तर यदि सम्भव छैन भने परिवारमा मुख्य आय आर्जन गर्ने व्यक्ति को हो? जसको आय श्रोतबाट नै परिवारको अन्य सदस्यहरूको शिक्षा स्वास्थ र अन्य विविध कुराहरूमा निर्भर छन जसको आर्थिक आम्दानीबाट नै परिवार चलिरहेको छ हो त्यो सदस्यको पहिला बिमा गर्न अति आवश्यक छ किन कि अझै पनि नेपालको परिवेशलाई हेर्ने हो भने परिवारमा एक जना सदस्यले आम्दानी गरेर बाकीँ ५/६ जना सदस्यहरू त्यो व्यत्तिको आम्दानीमा निरभर हुने गर्दछ जसले गर्दा आम्दानी गर्ने व्यत्तिलाई भोलिको दिनमा केहि घटना घटेको खण्डमा भावनात्मकको साथ साथै आर्थिक कुरामा समेत सबै परिवारलाई समस्या र पिडा हुने गर्दछ।
मान्छेको जीवनमा आर्थिक कुराले पनि एक महत्वपुर्ण भुमिका खेलेको हुन्छ।तपाईँहरूलाई थाहा नै छ कि मान्छे जन्म लिनु छ भने नौ महिना अघि देखि नै थाहा हुन्छ प्रविधि यति सम्म आइसक्यो कि छोरा कि छोरी भन्ने समेत पहिले नै थाहा हुन्छ तर मान्छेको जीवनमा कुनै घटना हुन छ भने नौ सेकेन्ड अघि पनि थाहा हुदैन।
हुन त कोहि कसैको पनि जीवनमा यस्तो घटनाहरू घट्न नपरोस तर पनि तपाईं हाम्रो घरमा विजुली बत्ति त सबैको घरमा आइ सकेको र पुगि सकेको छ तर पनि हामीले मैनबत्ति,टुकी बत्ति लगायत अन्य विकल्पहरू राखेका हुन्छौ किन भने बत्ति त जति बेला पनि नि जान सक्छ बत्ति गए पछि अन्धकार हुन्छ भनेर हामीले पहिले नै ब्याकप राखेका हुन्छौ। त्यस्तै गरि मान्छेको जीवनमा पनि कति बेला कुन घटना हुने हो थाहा हुदैन तसर्थ जीवन बिमा लाई पनि हामीले एउटा ब्याकपको रूपमा लिन सकिन्छ।
धेरै अभिकर्ता र कर्मचारीहरूले बिमितलाई बिमाको बारे नुवुझाई बिमा गर्ने र बिमा बिमितलाई भन्दा पनि अभिकर्ता र कर्मचारीको लागि भनेर बुझि बिमितले बिमा गर्दा र आफ्नो आर्थिक क्षमता नहेरि बिमा गराउदाँ धेरै बिमाहरू बिमा अवधि अघि नै बिमा सरेन्डर हुन पुगेको छ। करकापमा र बिमा प्रतिको फाइदा सेवा सुविधाबारे नवुझाइ बिमा गर्ने र गराउने गराउदाँ जसले गर्दा बिमितमा बिमा प्रतिको ज्ञानको कमी भएको पाइन्छ।
कतिपय अभिकर्ताहरू बिमितको नजिकको आफन्त हुने हुदाँ आफन्तले पनि अभिकर्ता को लागि भए पनि गर्दिन पर्यो र गरेको भन्ने कुराहरू पनि आएको पाइन्छ यस्तो किसिमको बिमाहरू क्षणिक समय सम्म मात्रै रहेन गर्दछ नबुझिकन बिमा गर्दा र गराउदाँ बिमित कर्मचारीहरू अभिकर्ताहरूले समेत समय समयमा विभिन्न झनझटहरू भोग्नु परेको देखिन्छ कर्मचरी अभिकर्ता भनेको सधै हुन पनि सक्छ नहुन पनि सक्छ बिमा बापत सेवा सुविधा पाउने भनेको त बिमित आफैले नै हो तसर्थ बिमितले पनि बिमाको बारे राम्रो सङ्ग बुझेर र अभिकर्ता, कर्मचारीहरूले पनि बुझाएर बिमा गराउन आग्रह गर्न चाहान्छु।
बिमितहरूले पनि अरूको देखा सिकि लैहि लैहिमा लागेर बिमा नगरिदिनु होला किन कि बिमा एउटा निश्चित समय सम्म बिमा रकम भुक्तानी गर्नु पर्ने हुदाँआफ्नो आर्थिक दक्षता अनुसारको बिमा गर्नु होला र बिमा गर्दा पनि बिमा कम्पनीहरूले विमितहरूको आम्दानीलाई हेरेर विभिन्न किसिमको बिमा योजना हरू लेराएको हुन्छ तसर्थ बिमितहरूले आफ्नो आर्थिक क्षमता हेरि बिमा गर्नु हुन आग्रह गर्दछु।मेरो व्यक्तिगत आग्रह बिमा करले होइन रहरले गर्नुहोस् , कुदेर होइन बुझेर गर्नुहोस्,आफ्नाको लागि होइन आफ्नो लागि सोचेर गर्नुहोस्।।।
– सुनिल श्रेष्ठ
रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स (गोरखा शाखा प्रमुख)









