पोखरामा श्री राधाकृष्ण प्राण प्रतिष्ठा तथा श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ महोत्सव हुदै
  • सन्तोष पराजुली

पोखरा/ श्री गाेपाल सेवा केन्द्र (गाेपालधाम), जगद्गुरु आश्रम–लक्ष्मीधारा, पोखराले २०८२ साल वैशाख १५ गतेदेखि २२ गतेसम्म दिव्य श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ तथा श्री राधाकृष्ण प्राण प्रतिष्ठा महोत्सव आयोजना गर्दैछ।

विशेष कार्यक्रम अन्तर्गत वैशाख १५ गते (सोमबार) दिव्य रथारोहण समारोहसहित श्री राधाकृष्ण भगवानको भव्य शोभायात्रा समेत आयोजना गरिनेछ। आयोजकले समयमै उपस्थित भई शोभायात्रामा सहभागी हुन अनुरोध गरेका छन्।

कार्यक्रम अवधिभर प्रत्येक दिन श्रीमद्भागवत कथा वाचन
भजन–कीर्तन,आरती तथा प्रसाद वितरण,सन्त दर्शन र प्रवचन    लगायतका गतिविधिहरू सञ्चालन हुनेछन्।

कार्यक्रम श्री गाेपाल सेवा केन्द्र (गाेपालधाम),
जगद्गुरु आश्रम, पोखरा महानगरपालिका–१६, लक्ष्मीधारामा हुदैछ। आयोजक संस्थाले सम्पूर्ण श्रद्धालुजनलाई परिवारसहित उपस्थित भई कार्यक्रमलाई दिव्यता प्रदान गर्न हार्दिक निमन्त्रणा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्