सरकार र शिक्षकहरुबिच सहमति भएपनि सहमतिका आधार मन्त्रिपरिषद् बैठकपछि मात्र सार्वजनिक गरिने
  • प्रमुख खबर

Oplus_131072

काठमाडौं।।

शिक्षा मन्त्रालयमा सरकार र शिक्षकहरुबिच भएको वार्ताले सहमति जुटाएको छ। विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच बुधबार(आज) सहमति भएको हो ।

आज भएको सहमति मन्त्रिपरिषद् बैठकपछि मात्र सार्वजनिक गरिने मन्त्रालयले जानकरी दिएको छ। जसले गर्दा के-कति बुँदामा सहमति जुट्यो भन्ने केही पनि खुलाइएको छैन।

यता, शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले आजको बैठक अत्यन्तै महत्पूर्ण भएको जसले सहमति जुटाएको र उक्त सहमतिले विद्यालय शिक्षा ऐन जारी हुने जानकारी दिएका छन् ।

उनका अनुसार दुवैपक्षबिच सहमति जुटेपनि मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि सार्वजनिक गरिने थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्