आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक हुने
  • प्रमुख खबर

Oplus_0

काठमाडौं ।।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम
शुक्रबार(भोली) सार्वजनिक हुने भएको छ ।

बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्दै भोली सार्वजनिक हुने जनाएको छ । यस वर्ष भने विगतको तुलनामा छोटो स्रोतले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले भोली सरकारको नीति तथा कार्यक्रम संसदमा वाचन गरेर सार्वजनिक गर्दैछन् ।

स्रोतका अनुसार यस वर्षको नीति तथा कार्यक्रम सर्वसाधारणले बुझ्ने र सरकारले पूरा गर्नसक्ने विषयलाई मात्र कार्यक्रममा समेटिएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्