सुनको मूल्य तोलामा ५ हजार ३सय रुपैयाँ बढ्याे
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ ।
नेपाली बजारमा मंगलबार (आज) एकै दिन सुनको मूल्य तोलामा यति धेरै रकम बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो । मूल्य वृद्धिसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९ सय १० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्