काठ्माण्डाैं ।।
बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।
मंगलबार(आज) नर्भिक अस्पतालमा उपचारका क्रममा उनकाे निधन भएको हाे ।
नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित भएका उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय रहेका थिए ।
उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।
पछिल्लो समय नेकपा एमाले विभाजन भएपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सल्लाहकार थिए ।