मन्त्रिपरिषद्‌को बैठक आज साँझ पाँच बस्ने
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

मन्त्रिपरिषद्‌को बैठक बिहीबार (आज) साँझ बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ पाँच बजे मन्त्रिपरिषद्को बैठक सरकारी निवास बालुवाटारमा बस्नेगरि आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आजकाे साे बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुने बताइएकाे छ ।

विशेषगरी सरकारले लामो समयदेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सकेको छैन ।

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टलाई गभर्नर बनाउन नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व सहमत भएको भनिए पनि नियुक्तिमा ढिलाइ हुदाँ राष्ट्र बैंकमा गत २५ चैतदेखि गभर्नर विहीन छ ।

अहिले कामु गभर्नरको जिम्मेवारी निलम ढुङ्गानाले निर्वाह गरिरहेकी छिन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्