शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेत पक्राउ
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेत पक्राउ परेका छन् ।

संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट आइतबार(आज) प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।

गत चैत १५ गतेकाे राजावादी आन्दोलनमा संलग्न रहेको आरोप लागेका उनलाई प्रहरीले सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसबाट पक्राउ गरेकाे हाे ।

तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्