काठ्माण्डाैं ।।
संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बुहदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गर्ने भनिएकाे राजधानी केन्द्रित आन्दोलनमा उपत्यका बाहिरबाट आन्दोलनकारी ल्याउने
भएको छ ।
समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा आइतबार(आज) बसेको संयुक्त जनआन्दोलन समितिमा आबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतको उपस्थितिमा उक्त निर्णय भएको हाे ।
साे समितिले विज्ञप्ति जारी गर्दै जेठ १५ गते हुने आन्दाेलनमा काठमाडौँका जनता र सबै वर्ग, पेसा र समुदायलाई सक्रिय सहभागीताका लागि आह्वान समेत गरेकाे छ ।
यस्तै आन्दोलनलाई आर्थिक (चन्दा) सहयोग गर्न आम नेपालीलाई आज बसेकाेले आह्वान समेत गरेको छ ।
उक्त बैठकलाई सम्बोधन गर्दै समितिका संयोजक सुवेदीले आन्दोलन घोषणा सभापछि पहिलो पटक सबै राष्ट्रवादी शक्तिहरू एकै ठाउँमा उभिएको सन्देश गएको प्रतिक्रिया दिएका छन् ।
यस्तै साे बैठकले संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यप्रति आस्था राख्ने प्रवुद्ध व्यक्तिहरूको भेला जेठ ६ गते गर्ने तथा काठमाडौँ उपत्यकाका तिनै जिल्लाका आम जनतालाई आन्दोलनमा सहभागी हुन आह्वान र जागृत गर्ने उद्देश्यका साथ जेठ ८, ९, १० र ११ गते काठमाडौँ उपत्यका जनजागरण यात्रा गर्ने निर्णय समेत गरेकाे छ ।
यस यात्राको शुभारम्भ भने काठमाडौँको साँखुमा जेठ ८ गते गर्ने र जेठ ११ गते चाँगुनारायणमा समापन गर्ने तय भएको सुवेदीले बताए । यस यात्रा अन्तर्गत काठमाडौँ उपत्यकाका सबै १५ पालिका भित्रमा महत्त्वपूर्ण स्थानहरूमा कोण सभाहरू गर्ने उनको भनाइ छ ।










